You are viewing the translated version of केन्द्रको काम, कर्तव्य र अधिकार.
Rule 15
केन्द्रको काम, कर्तव्य र अधिकार
(१) ऐनको दफा १५ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रको अन्य काम; कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जीवनाशक बिषादी सम्बन्धमा विवरण सङ्कलन गरी अभिलेख राख्ने र सरोकारवालाले माग गरेमा उपलब्ध गराउने,
(ख) जीवनाशक विषादीको अवशेष विश्लेषणको नतिजा वार्षिक रुपमा सम्बन्धित प्रयोगशालाबाट माग गरी अभिलेख : राख्ने,
(ग) बालीनालीमा क्षति गर्ने रोग, किरा, झारपात व्यवस्थापनमा प्रयोग हुने वातावरण मैत्री प्रविधि र पदार्थको उत्पादन र प्रयोगमा प्रोत्साहन तथा पैठारीका लागि सहजीकरण गर्ने,
(घ) जीवनाशक विषादीको पञ्जीकरण, बिक्री वितरण, भण्डारण र विसर्जन गर्ने मापदण्ड पालना गरे वार नगरेको अनुगमन तथा सुपरीवेक्षण गर्ने,
(ङ) जीवनाशक- विषादीको गुणस्तर जाँच तथा अनुसन्धानात्मक परीक्षण गर्न प्रयोगशाला स्थापनाको - लागि पूरा गर्नुपर्ने मापदण्ड तयार गरी मन्त्रालयमा सिफारिस गर्ने,
(च): रासायनिक विषादी न्यूनीकरणका लागि जैविक विषादीको प्रयोग प्रवर्द्धन सम्बन्धी आवश्यक कार्य गर्ने, र
(छ) जीवनाशक विषादीको व्यवस्थापनमा संलग्न जनशक्ति तथा इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायमा कार्यरत जनशक्तिको लागि तालिम दिने,
(ज) जीवनाशक विषादीको प्रयोगको लागि त्यस्ता विषादीको वर्गीकरणको आधारमा प्रयोग गर्नुपर्ने स्प्रेयर र डष्टर, जीवनाशक विषादी बिक्री गर्दा वा छकँदा लगाउनु पर्ने सुरक्षात्मक पहिरन तथा उपकरण : निर्माण तथा विकास र भण्डारण कोठा वा. स्थान जस्ता पूर्वाधार तयार गर्दा पालना गर्नुपर्ने सुरक्षात्मक उपायहरू सिफारिस गर्ने तथा तयार गर्न सहयोग र सहजीकरण गर्ने।